रिलायन्स लाइफको ब्यानर सगरमाथामा फहराउने दाकिपा शेर्पा सम्मानित

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी दाकिपा शेर्पाद्वारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन् । दाकिपा शेर्पा पेशा आरोहण पथ प्रदर्शक हुन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ का शेर्पा आरोहण मौसममा ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएका छन् । अन्य मौसममा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध भइ काम गर्दछन् ।

विशेषगरी कोरोना महामारीको समयमा उनी रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग जोडिन पुगेका थिए । उनले २९ वैशाख बिहान २ बजेर २९ मिनेटमा सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा पुगी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए ।

सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबार एक कार्यक्रम आयोजना आयोजना गरी कम्पनीको केन्द्रिय कार्यालयमा उनको साहसको प्रशंसा गर्दै सम्मान गरेको हो ।

उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गरे ।

‘तपाईजस्तो युवाले आज देशको नाम विश्वको कुना कुनामा सगरमाथासँगै अगाडि बढाएको उनु भएकोमा हामी रिलायन्स लाइफ इन्स्योरेन्स परिवार हृदयदेखि नै सम्मान गर्दै तपाइको यो साहस र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानरलाई सर्वोच्च शिखरमा राख्न सफल हुनु भएकोमा हामी अत्यन्तै आभारी छौँ,’ उनले भने ।

दाकिपा शेर्पा रिलायन्स लाइफ इन्स्योरेन्सका एक सफल बीमाकर्मी हुन् । जसले हामीलाई यस्तो गर्व गर्ने स्थान दिएका छन् । हाम्रो ब्राण्डलाई सगरमाथाको चुचुरोमा पु¥याइदिएकोमा हामी आभारी छौँ ।

विश्वको अग्लो शिखर सगरमाथामा रिलायन्स लाइफ इन्स्योरेन्सको व्यानर फहराउन पाउँदा आफूलाई असाध्यै खुसी लागेको उनले बताए ।
‘त्यो क्षणमा मैले सबै थकाइ बिर्सेछु,’ उनले भने ।

सोही अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी व्यवस्थापनको तर्फबाट हृदयदेखि नै धन्यवाद दिदै रु ५० लाख बराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसीले उनलाई सम्मान गर्न पाउँदा खुसी लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *