एनएमबी बैंकद्वारा विद्यालय भवन पुनःनिर्माणमा सहयोग

काठमाडौँ । एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुनर्संरचना/सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थी खुला चौरमा पढ्न बाध्य थिए ।

एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल, कर्मचारी निर्मल गौलीलगायत उपस्थित थिए ।

विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थी र पत्रकारलगायत उपस्थित थिए । उक्त कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थीको पठन पाठनमा सहज हुने बताए ।

बैंकले वित्तीय कारोवार मात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए ।

‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौँ, प्रधानाध्यापक खड्काले भने, ‘वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *