आइएमई पे र स्मार्ट क्यू आरबीच साझेदारी

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पेएप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट वा अधिकतम रू. ३०० सम्म छुट पाउन सकिने कम्नपीले जनाएको छ ।

डिजिटलाइज नेपालतर्फसँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै उक्त योजनाका लागि आईएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् ।

उक्त योजनाले प्रयोगकर्ताको व्यापक दायरालाई डिजिटल भुक्तानी विधितर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

योजना अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले २५ सयसम्मको छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *