स्वीस बैंकमा नेपालीको बचत ३९ अर्ब रुपैयाँ

काठमाडौँ । स्रोत नखुलेको, शंकास्पद वा कालोधन निक्षेपका रुपमा राख्ने बैंकको रुपमा चिनिएको स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ बचत रकम रहेको पाइएको छ । स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ अनुसार नेपालीको बचत रकम २९ करोड ८० लाख स्वीस फ्र्याङ्क(३९ अर्ब १६ करोड रुपैयाँ) रहेको देखाएको हो ।

बैंकको सन् २०२० को रिपोर्ट अनुसार नेपाली उक्त बैंकमा नेपालीको बचत ३६ करोड ८ लाख स्वीस प्र्यान्क (४८ अर्ब ४३ करोड) रुपैयाँ थियो ।
त्यसअघि सन् २०१९ मा उक्त बैंकमा नेपालीहरुको बचत रकम १७ करोड ५८ लाख स्वीस फ्र्यान्क रहेको थियो ।

यी तथ्यांकका आधारमा उक्त बैंकमा नेपालीहरुको बचत रकम घट्न थालेको देखिएको छ ।

नेपालमा सशस्त्र माओवादी द्वन्द्व सुरु भएपछि अर्थात् सन् १९९६ यता उक्त बैंकमा नेपालीले रकम जम्मा गर्ने क्रम बढेको देखिएको थियो ।

१९९६ देखि २०२१ सम्म नेपालीले स्वीस ब्यांकमा तीन अर्ब १८ करोड ९३ लाख स्वीस फ्र्यान्क अर्थात ४ खर्ब नेपाली रुपैयाँ राखेका थिए ।

बैंकका अनुसार उक्त बैंकमा विश्वका २ सयभन्दा बढी देशका नागरिकको बचत रहेको छ ।

स्वीस बैंकले कुन देशबाट कति रकम जम्मा गरिएको भन्ने तथ्यांक उपलब्ध गराए पनि कसले र कतिजनाले उक्त रकम जम्मा गरेका हो भन्ने तथ्यलाई गोप्य राख्ने गरेको छ । त्यसो हुँदा उक्त बैंकमा कसकसले कति रकम राखेका छन् भन्ने खेुलेको छैन ।

स्वीस बैंक कर्पोरेशनको स्थापना सन् १८५४ मा स्विट्जरल्यान्डमा भएको थियो । उक्त बैंकले विभिन्न ५० देशमा आफ्ना शाखा समेत विस्तार गरेको छ ।

उक्त बैंकमा रकम राख्ने निक्षेपकर्ताले उक्त रकम कहाँबाट ल्यायो भन्ने आयस्रोत नखोज्ने, तथ्यांकहरु गोप्य राख्ने र बचतको सुरक्षा गर्ने प्रत्याभूति दिएका कारण उक्त बैंकमा अवैध रकम बचतको रुपमा राखिएका छन् ।

बैंकले स्वीटजरल्यान्ड र युरोपियन युनियन(इयु)का देशहरुको खातावालाहरुको विवरण मागे दिनुपर्ने सम्झौता ईयूसँग सन् २०१५ मा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *