मुस्ताङ : जता हेर्‍यो उतै मनमोहक (तस्बिरहरू)

मुस्ताङ । प्रकृतिको फरक बनावट अनि उजाड मरुभूमिले ढाकिएको मुस्ताङ पुग्ने जोकोहीले पनि फरक अनुभूति गर्छन् । यहाँ पुग्न जति कठिन छ, त्यति नै मनमोहक छ प्राकृतिक दृश्य ।

हिमालपारिको मुस्ताङ अन्य सबै जिल्लाभन्दा फरक छ । उजाड मरुभूमिलाई मेहनतले हरियो बनाएको देख्दा उनीहरूको पौरख सहजै झल्कन्छ । यहाँ पुग्दा यस्तो लाग्छ, कुनै सिपालु कालिगडले खिपेका धर्ती हो यो ।

प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरको बेजोड नमुना हो मुस्ताङ । यहाँ उभिएपछि जो कोहीको मन फुरुङ्ग हुन्छ । तस्बिरमा देखिएको दृश्य थासाङ गाउँपालिका वरपरको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *