८ करोड विदेशी विनिमय अपचलन गरेको आरोपमा एकजनाविरुद्ध मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा एक जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पर्वतको कुश्मा घर भई हाल काठमाडौँको सामाखुसी बस्ने गणेश पौडेलविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

पौडेलले बिनाइजाजतपत्र विदेशबाट अनौपचारिक रुपमा विदेशी मुद्रा लिएर सोही बराबरको नेपाली रकम भुक्तानी दिएको एकाघरको वा आफन्तको मात्र पैसा नलिइकन आर्थिक लाभ लिन व्यवसायलाई अपनाएको विभागको आरोप छ ।

८ करोड २३ लाख २६ हजार ८ सय ६ रुपैयाँ बिगो दाबीसहित काठमाडौँ जिल्ला अदालतमा विदेशी विनियम अपचलनसम्बन्धी मुद्दा दायर गरेको हो ।

निजलाई विदेशी विनियम ऐन २०१९ अनुसार सजाय र सोहीबराबरको रकम मागबादीका लागि अभियोगपत्र दायर गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =