अर्थमन्त्री शर्मासँग नैतिकताको अपेक्षा छैन : सचेतक भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा नराखेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा भट्टराईले अर्थ मन्त्रालयका बारेमा विभिन्न विषयमा कुरा उठ्दा पनि पदमा रहिरहने कुरा व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित रहेको तर अर्थमन्त्रीसँग नैतिकताको अपेक्षा नरहेको बताएका हुन् ।

उनले करका विषयमा छानबिन गर्न एमालेले माग गर्दा पनि १३ दिनमै सिसिटिभी फुटेज डिलिट गर्नु नियोजित भएको जिकिर गरे ।

उनले गृह मन्त्रालयले यसअघि जारी गरेको एउटा निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सिसिटिभी फुटेजहरू ३ महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको भन्दै १३ दिनमै डिलिट हुनुको कारणबारे समेत जवाफ दिनुपर्ने धारणा राखे ।

उनले यस विषयमा संसदीय छानबिन समिति गठन गर्न सभामुखको समेत ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =