अछाम विनोद शाही मृत्यु प्रकरण : सदरमुकाम तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनगढी । अछाम सदरमुकाम मङ्गलसैन तनावग्रस्त बनेको छ । जिल्लाको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको हो ।

सोमबार शाहीको न्यायको लागि आफन्त तथा स्थानीयहरु सदरमुकाम मंगलसेन पुगेका थिए । उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रर्दशन गरेका थिए ।

त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार दुई प्रहरी निरीक्षक, महिला प्रहरीलगायत गरी १२ जना प्रहरीलाई गम्भीर चोट लागेको छ ।,

यस्तै प्रर्दशनकारीहरू पनि घाइते भएको बताइएको छ । विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको बताएको छ । अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *