रक्सी पिएर प्रहरी कुट्ने दुई शिक्षक पक्राउ

पोखरा । ड्युटीमा खटिएका प्रहरीलाई रक्सी पिएर कुटपिट गरेको आरोपमा दुईजना शिक्षक पक्राउ परेका छन् ।

गोरखा सिरान्चोक ४ का रामशरण पोखरेल र रामेश्वर पोखरेललाई प्रहरी कुटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । रक्सी पिएर मोटरसाइकलमा घर जाँदै गरेका उनीहरू बाटैमा पल्टिएका थिए । प्रहरीले सहयोग गरेर उठाउन खोज्दा दुईजनाले कुटपिट गरेको गोरखा प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले बताए ।

डीएसपी लामिछानेका अनुसार दुवैजनाले प्रहरीमाथि ढुंगा प्रहार गरेका हुन् । ढुंगाले लागेर चोरकाटे अस्थायी प्रहरी पोष्टमा कार्यरत जवान अनन्त रोका र हवलदार अर्जुन सेन घाइते हुन् पुगेका छन् ।

गोरखामा सामान्य उपचारपछि घाइते प्रहरी जवान रोकालाई चितवन मेडिकल कलेज रिफर गरिएको छ । हवलदार सेनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *