एनआइसी एसिया मोबैंकलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

काठमाडौँ । एनआइसी एसिया बैंकले ओम्नीच्यानल एप प्रणालीमा आधारित मोबाइल बैंकिङ एपको शुभारम्भ गरेको छ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्यले यस बैंकले ओम्नीच्यानल एप सार्वजनिक गरेको हो।

हालका एनआइसी एसिया मोबैंक प्रयोगकर्ताहरूले वर्तमान एनआइसी एसिया मोबैंक एपलाई अपडेट गरी ओम्नीच्यानल एपमा स्तरोन्नति गर्न सक्नेछन्। नयाँ ग्राहकहरूले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरू गरिएको ओम्नीच्यानल एपबाट ग्राहकहरूले अधिकतम बैंकिङ सेवाहरू सहज एवम् सरल रूपमा उपभोग गर्न सक्नेछन्। निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ।

स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श पुनः सुरू, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन्।

साथै, यस बैंकमा खाता भएको ग्राहकहरूले पनि एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नेछन्। जसबाट समेत क्युआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत सेवा लिन सक्नेछन्। ग्राहकको उक्त वालेटमा केवाइसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ।

बैंकले हाल ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *