गोरखाका भूमिहिन सुकुम्बासीलाई जग्गा दिन सबै पालिका तयार, गरे सम्झौता

पोखरा । गोरखाका सबै भूमिहीन सुकुम्वासीहरूले लालपुर्जा र जग्गा पाउने भएका छन् । ११ वटै स्थानीय तहले पालिकाभित्रका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिलाउने प्रतिबद्धता जनाएका हुन् ।

९ पालिकाले एकै पटक लालपुर्जा दिन सम्झौता गरेका हुन् । गोरखा र पालुङटार नगरपालिका सहित चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, गण्डकी, अजिरकोट, सिरानचोक गाउँपालिकाले एकैपटक सम्झौता गरेका हुन् ।

शहीद लखन र बारपाक सुलिकोट गाउँपालिकाले यसअघि नै सम्झौता गरेर प्रक्रिया अघि बढाइसकेका छन् । अब पालिकाहरूले भूमिहीनको खोजी गर्ने र निवेदन संकलन गर्ने राष्ट्रिय भूमि आयोग गोरखाकी अध्यक्ष कमला नहर्कीले जानकारी दिइन् । सबै भूमिहीनलाई यही कार्यकालभित्र जग्गा र लालपुर्जा उपलब्ध गराउने उनको दाबी छ ।

‘सकेसम्म सम्बन्धित वडामै दिन्छौँ । नभए पालिकाभित्र उनीहरूको व्यवस्थापन गरिनेछ,’ उनले भनिन्, ‘सुरक्षित ठाउँमा बस्न र गरिखाने जग्गा सरकारले उपलब्ध गराउँछ ।’ जग्गा वितरणको छुट्टै मापदण्ड छ ।

सहरी क्षेत्रमा घडेरी बापत १ सय ३० वर्गमिटर जग्गा पाउँछन् भने भित्री भागमा ३ सय ४० वर्गमिटरसम्म जग्गा आवासका लागि पाउने प्रावधान छ । कृषिका लागि तीन हजार वर्गमिटरसम्म जग्गा भूमिहीनहरूले पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *