अर्थ मन्त्रालयले मिच्यो कानुन : ३ महिनासम्म मेट्न नपाइने सिसिटिभी फुटेज १३ दिनमै चैट

काठमाडौँ । अर्थ मन्त्रालयले बजेट भाषण भएको अघिल्लो दिनको सिसिटिभी फुटेज मेटिएको बताएको छ ।

सूचनाकाे हक अन्तर्गत उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले बजेट भाषण भएको अघिल्लो दिनको सिसिटिभी फुटेज पाउँ भनी माग गरेको सूचनाको प्रत्युत्तरमा अर्थ मन्त्रालयले उक्त भिडिओ मेटिइसकेको बताएको हो ।

मन्त्रालयले आइतबार दिएको जवाफमा भनिएको छ, ‘मन्त्रालयमा जडान भएको सिसिटिभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र सिसिटिभी फुटेज अभिलेखमा रहने र तत्पश्चात् पहिलेको अभिलेख क्रमशः मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको आदेशअनुसार अनुरोध गर्दछु ।’

तर, अर्थ मन्त्रालयको यो कार्य गैर कानुनी रहेको देखिएको छ । सरकारले २०७२ सालमा लागू गरेको सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिअनुसार मन्त्रालयको यो कार्य गैर कानुनी रहेको देखिएको हो ।

कार्यविधिमा कैद भएको सिसिटिभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नु पर्ने उल्लेख छ तर अर्थ मन्त्रालयले भने १३ दिनमै सिसिटिभी फुटेज डिलिट हुने गरी व्यवस्थापन गरेकाे भेटिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *