नेपालमै पहिलोपटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू

काठमाडौँ । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसंहिता लागू भएको छ ।

आइतबार काठमाडौँमा विज्ञापन बोर्ड आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गरेका हुन् ।

३८ पृष्ठको आचारसंहितालाई विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने विश्वास बोर्डले लिएको छ । सो क्रममा मन्त्री कार्कीले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउनुपर्ने बताए ।

उनले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्त्वपूर्ण रहेको उल्लेख गरे । आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उनले उल्लेख गरे ।

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका सङ्घ संस्थालगायत सरोकार राख्नेसँग पटक–पटक छलफल गरिएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *