नेप्से ५७ अंकले बढ्यो, काराेबार रकममा उच्च वृद्धि

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत यस दिन १०.२२ अंकले बढेर ३९८.८४ अंकमा पुगेको छ ।

यस दिन १३ ओटै समूहगत उपसूचकहरु हरिया भएका छन् ।

यस दिन १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ ओटा कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

यस दिन २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९८ रुपैयाँमा ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएको छ । सामान्यतया एक अर्वकाे सेयर काराेबार भइरहेकाे बजारमा काराेबार रकम भने झण्डै १ अर्बले बढेकाे हाे ।

यस दिन साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, अपर तामाकोसी हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, नेस्डो लघुवित्त वित्तीय संस्थालगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *