राइटपाथ करियर काउन्सिलिङको पाँचौँ शाखा कुमारीपाटीमा (तस्बिरहरू)

काठमाडौँ । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले आफ्नो पाँचौँ शाखाको शुरुवात गरेको छ । शुक्रबार ललितपुरको कुमारीपाटीमा एक कार्यक्रमका बिच पाँचौँ शाखाको औपचारिक उद्घाटन भएसँगै राइटपाथको सेवा ललितपुरका विद्यार्थीका लागि पनि विस्तार भएको हो ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा राइटपाथकी ब्रान्ड एम्बेस्डर पूजा शर्मा, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डे, इक्यानका पुर्व अध्यक्ष विष्णुहरि पाण्डे र राइटपाथका सिइओ फिलिप डिसीले संयुक्त रूपमा राइटपाथ ललितपुरको कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका स्थापित व्यक्तित्वहरूसहित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमकी मुख्य आकर्षण बनेकी नायिका पूजा शर्माले राइटपाथले आफ्नो नाम जस्तै निरन्तर सही काम गर्दै आएकाले आजको स्थानमा आइपुगेको धारणा राखिन् । आफूले कलेज पढेको ठाउँ नजिकै भएको भन्दै राइटपाथ जस्तो विश्वसनीय संस्था नजिकै आइदिए हुन्थ्यो भन्ने आफ्नो चाहना अन्ततः पुरा भएको उनको भनाइ थियो । स्थापनाकाल देखि नै संस्थाले निरन्तर विद्यार्थी अभिभावकहरूको अधिक माया पाएको उल्लेख गर्दै उनले यो क्रम जारी रहे सयौँ शाखाहरू विस्तार गर्न सकिने बताइन् ।

इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले छोटो समयमै लोभलाग्दो सफलता हात पारेको भन्दै राइटपाथलाई बधाई तथा शुभकामना दिए । उनले विद्यार्थीको भविष्य र संस्था सञ्चालकको लगानी दुवै जोगाउँदै स्तरीय सेवा प्रदान गर्न सुझाव दिए । इक्यान अध्यक्ष प्रकाश पाण्डेले राइटपाथले नयाँ शाखा विस्तार गरेकोमा बधाई दिँदै सबै शाखाहरूको उन्नतिका लागि शुभकामना दिए । राइटपाथ आफैँ राइटपाथमा भएकाले छोटो समयमै प्रगतिको शिखर चढेको भन्दै संस्थाले निरन्तर सही परामर्श दिनेमा इक्यान विश्वस्त रहेको उल्लेख गरे ।

राइटपाथ करियर काउन्सिलिङका सिइओ फिलिप डिसीले विद्यार्थी र अभिभावकहरूको माग अनुसार शाखा विस्तार गरिएको बताए । संस्थाको आज सम्मको सफलताको श्रेय आफ्ना कर्मचारीहरूको मेहनतलाई दिएका उनले आज सम्म प्राप्त साथ सहयोगका लागि सम्बद्ध सबैलाई धन्यवाद दिए । नेपाली विद्यार्थीहरू स्वदेशमै पढ्नुपर्छ भन्ने आफूहरूको पनि मान्यता रहेको भए पनि खोजेजस्तो अन्तर्राष्ट्रिय स्तरको शिक्षाको अभावका कारण त्यो सम्भव हुन नसकेको उल्लेख गरे ।

कार्यक्रममा बोल्ने सबैले राइटपाथले छोटो समयमै उदाहरणीय काम गरेको र सफल भएको भन्दै आगामी यात्राका लागि शुभकामना दिए । ६ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर शुरु भएको राइटपाथ पाँचौँ शाखा सम्म आइपुग्दा परामर्श क्षेत्रमा एक स्थापित र विश्वासिलो नाम बनिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *