विष्णु रिजाललाई कांग्रेस र माओवादीको चिन्ता

काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सरकारको नेतृत्वकर्ता दलमाथि प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीलाई व्यवस्थित बनाउन नसक्नेले सरकार कसरी चलाउन सक्छ भन्दै प्रश्न उठाएका हुन् ।

महाधिवेशनको लामो समयसम्म पार्टीका संगलन र केन्द्रीय कमिटीलाई समेत पूर्णता दिन नसकेको उनको आरोप छ । ‘महाधिवेशन भएको छ महिना बित्दासम्म कांग्रेसले आफ्ना विभागहरु गठन गर्न सकेको छैन, नेताहरुलाई कुनै जिम्मेवारी तोक्न सकेको छैन,’ उनले अगाडि भनेका छन्, ‘माओवादीले पदाधिकारी बनाउन सकेको छैन, स्थायी कमिटी गठन गर्न सकेको छैन, जिम्मेवारी बाँडफाँट गर्न सकेको छैन । आफ्नै पार्टी व्यवस्थित गर्न नसक्नेहरुले देश कसरी व्यवस्थित बनाउन सक्छन् ?’

परमादेशबाट यी दल सरकारको नेतृत्वमा गएको उनले दोहोर्‍याए । ‘देश र जनताको दुर्भाग्य- जनादेशबाट होइन, परमादेशबाट यस्ताका हातमा देशको वागडोर पुगेको छ १,’ रिजालले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =