अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमासम्बन्धी सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमासम्बन्धी सम्झौता भएको छ ।

इस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जनका बीच उक्त सम्झौता भएको हो ।

ज्यापु समाज यल र सो संस्थासँग आवद्ध उद्योगी व्यवसायी सदस्यको निर्जीवन बीमा गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको छ ।

सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीको र ज्यापु समाज यलका सदस्यको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *