स्मृतिमा प्रकाश : प्रचण्डले गरे शालिक अनावरण, छाेराहरूले फूल चढाए
२०७९ असार १७ गते

काठमाडाैँ । साकार दाहाल ‘प्रकाश’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छाेरा हुन् । नेपाली राजनीतिमा उनलाई प्रकाश दाहालकै नामले चिनिन्छ । १० वर्षे सशस्त्र माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागिता जनाएका उनले पछिल्लाे समय बुवा प्रचण्डकाे स्वकीय सचिवकाे जिम्मेवारी सम्हाल्दै आएका थिए । तर उनले अल्पायुमै ज्यान गुमाउनुपर्याे ।
२०३८ असार १७ गते जन्मिएका उनले २०७४ साल मंसिर ३ गते निधन भयाे । त्याे दिन उनी लाजिम्पाट निवासमा सुतेकाे सुत्यै गरेकाे बताइयाे र पछि हृदयघात भनियाे । आज उनै प्रकाशकाे ४१औँ स्मृति दिवस मनाइएकाे छ । यही अवसरमा उनका बुवा प्रचण्डले नुवाकाेटकाे ककनीस्थित प्रकाशकाे शालिक अनावरण गरेका छन् ।
यस्तै उनका छाेराहरू प्रशिद्ध दाहाल, प्रणव दाहालहरूले पनि प्रकाशकाे तस्बिरमा फूच लढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
२०७९ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








