गोरखा अदालतका तहसिलदार घुससहित पक्राउ

पोखरा । गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुस रकमसहित पक्राउ परेका छन् । अदालतमा विचाराधीन मुद्दा मिलाइदिन्छु भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए ।

१५ हजार घुस रकम सहित अदालत नजिकैको होटलबाट उनलाई पक्राउ गरिएको अख्तियार कार्यालय पोखराले जनाएको छ । उनलाई राती पक्राउ गरिएकोमा राती नै पोखरा ल्याइएको छ ।

अदालतको काममा सेवाग्राहीलाई दुःख दिने गरेको आरोप उनीमाथि यसअघि पनि लाग्दै आएको बताइएको छ । उनीमाथि थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *