पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज

पोखरा । स्याङजाको पुतली बजार नगरपालिकाको पहिलो कार्यपालिका बैठकले गरेको निर्णय उच्च अदालतले खारेज गरिदिएको छ ।

पुतलीबजारभित्रका विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णय पुतलीबजारका नव निर्वाचित जनप्रतिनिधिले गरेका थिए । उक्त निर्णयको विरुद्ध अदालतमा रिट दिएका थिए । न्यायाधीशद्धय डिल्लीराज आचार्य र उज्ज्वल शुक्लको संयुक्त इजलासले पुरानै समितिलाई काम गर्न अन्तरिम आदेश दिएको हो ।

समितिको कार्यकाल बाँकी छँदै हटाउन नमिल्ने र पूरा कार्यकाल काम गर्न अदालतले आदेश दिएको छ । नगरसभाले बनाएको ऐनलाई कार्यपालिकाले खारेज गरेर व्यवस्थापन समिति विघटन गर्ने निर्णय गरिएको थियो ।

यसअघि एमालेले जितेको पुतलीबजारमा अहिले कांग्रेस विजयी भएको छ । कार्यपालिका निर्णयको विरुद्ध असार ५ गते पुतलीबजार १३ स्थित मातृभूमि माविका व्यवस्थापन समिति अध्यक्ष ध्रुवराज शर्माले मुद्धा दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *