कल सेन्टर चलाएर पोखरामा चिनियाँ नागरिकको ठगी धन्दा, ३ जना पक्राउ

पोखरा । पोखरामा कल सेन्टर चलाएर ठगी गर्ने ३ चिनियाँ नागरिक पक्राउ परेका छन् । पोखरा १७ ड्याम साइडमा घर भाडामा लिएर उनीहरूले ठगी गरेको बताइएको छ ।

बिहीबार कास्की प्रहरीले छापा मारेर ३ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । कम्पनीबाट ४५ लाख नगद पनि बरामद भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।

विना दर्ता नेपाली कामदार राखेर चिनियाँ नागरिकले पोखरामा कम्पनी खोलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *