मूल्यवृद्धि नियन्त्रण गरी राहतका कार्यक्रम ल्याउन एमाले उद्योग विभागको आग्रह

काठमाडौँ । नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले मूल्यवृद्धि नियन्त्रणमा ल्याएर देशका उद्योगी व्यवसायी तथा उपभोक्ताका लागि राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ ।

एमाले उद्योग विभागको बिहीबार पत्रकार सम्मेलन गरी यस्तो आग्रह गरेको हो । हाल गठबन्धन सरकारले देशमा महँगी बढाउन प्रोत्साहन गरिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न माग गरेको हो ।

विभागले भनेको छ, ‘तत्काल मूल्यवृद्धि काम हुने, उद्योगी व्यवसायीलाई राहत हुने र उपभोक्तालाई सहुलियत हुने कार्यक्रमहरु ल्याउन सरकारसँग जोडदार माग गर्दछौँ ।’

देशमा हाल देखिएको आर्थिक संकट समाधान गर्नसमेत विभागले माग गरेको छ । साथै विभागले देशका उद्योगी व्यवसायीलाई परेको समस्या समाधानका लागि लागि पर्ने प्रतिवद्धता समेत जनाएको छ ।

यस्ता छन् विभागका माग



 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *