थप ५५ जनामा कोरोना संक्रमण, २ सय ८० सक्रिय संक्रमित
२०७९ असार १६ गते

काठमाडाैँ । नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परिक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन् ।
हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








