नेप्से ७५ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजारमा भारी वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७.६४ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इन्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंक बढेको छ।

यस दिन े २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँमा २२७ कम्पनीका ७२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार १ अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो ।

नेप्से उच्च अंकले बढेसँगै यस दिन ६ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर १० प्रतिशतले बढेका छन् ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *