डलरको भाउ फेरि नयाँ उचाइमा, १ डलरको मूल्य १२६ रुपैयाँ ६५ पैसा

काठमाडौँ । निरन्तर बढ्दो क्रममा रहेको डलरको मूल्य बिहीबार पनि नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ अमेरिकी डलर खरिद गर्न १२६ रुपैयाँ ०५ पैसा पर्छ । त्यस्तै, १ अमेरिकी डलरको बिक्री मूल्य १२६ रुपैयाँ ६५ पैसा पर्छ । अर्थात् आम नेपालीले १ अमेरिकी डलर किन्न उक्त रकम खर्चिनुपर्छ ।

रुस र युक्रेनबीच युद्ध चर्किएपछि डलरको मूल्य उकालो लाग्दै गएको छ । रुसी मुद्रा रुवल डलरको तुलनामा कमजोर हुँदै गएको र डलरको अन्तर्राष्ट्रिय प्रयोग बढेपछि डलरको भाउ आकाशिएको हो ।

नेपालमा भने डलरको तुलनामा भारतीय मुद्रा सस्तो भएपछि रुपैयाँको तुलनमा समेत डलरको मूल्य बढेको हो । भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थिर विनिमयदर रहेकोले डलरको तुलनामा भारु सस्तीँदा नेपाली मुद्रा पनि डलरको तुलनामा सस्तो हुन जान्छ । भने भारु महँगिँदा नेपाली रुपैयाँको तुलनामा डलरको भाउ सस्तिन जान्छ ।

डलरको भाउ बढ्दा नेपालको पर्यटन क्षेत्रमा विदेशीले खर्च गर्न डलरका कारण व्यवसायीलाई फाइदा पुग्छ । त्यस्तै, विप्रेषण पठाउनेहरु र नेपाली सामानको निर्यात गर्ने निर्यातकर्तालाई लाभ हुन्छ । तर, डलरमै सामान आयात गर्नुपर्दा नेपालमा आयातित सामानको मूल्य बढ्न जान्छ । यसले समग्रतामा महँगी बढाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *