स्याङ्जामा घर भत्किँदा किशोरीको मृत्यु
२०७९ असार १६ गते

फाइल फोटो
पोखरा । स्याङ्जामा घर भत्किँदा किशोरीको मृत्यु भएको छ । गल्याङ नगरपालिका पक्वादीमा १५ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो ।
घर भत्किँदा घाइते भएकी रेखाको उपचारका लागि गल्याङ अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । लक्ष्मीकान्त भट्टराई घाइते भएका छन् ।
मृतक र घाइते दाजु बहिनी हुन् । बिहान ५ बजेतिर घर भत्केको हो ।
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित









