आइएमई पे एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानी गर्दा छुट

काठमाडाैँ । ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति एक अफर ल्याएको छ ।

‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५ प्रतिशत वा अधिकतम रु. २ हजार ५ सयसम्म क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफरमार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *