ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा

काठमाडाैँ । ज्योति विकास बैंकले बुधबार ललितपुरको टिकाथलीमा ११८औँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।

बैंकिङ्ग पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ ।

बैंकका अनुसार महालक्ष्मी नगरपालिका–५, ललितपुरस्थित टिकाथली शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *