सकेसम्म वन नमासी निजगढ विमानस्थल बनाउन सर्वोच्चको आदेश (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले संभव भएसम्म वन क्षेत्र नमासिने गरी थप अध्ययनसहित निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन सरकारको नाममा आदेश दिएको छ ।

अधिवक्ता प्रकाशमणि शर्मालगायत ७ जनाले उक्त विमानस्थलले वन क्षेत्र मास्ने भन्दै उक्त स्थानमा विमानस्थल बनाउन राेक्न मागसहित सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए । उत्त रिटमाथि सुनुवाईको फैसला गर्दै अदालतले सरकारको नाममा यस्तो आदेश जारी गरेको हो ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार कर्णको वृहत् पूर्ण इजलाशले १२३ पृष्ठको आदेश जारी गर्दै निजगढ विमानस्थल निर्माणको बाटो खुला गरेको हो ।

अब सर्वाेच्चकाे आदेश अनुसार थप वातावरणीय अध्ययन गरी विमानस्थल निर्माण अघि बढाउन पाउने भएकाे छ ।

यस्ताे छ पूर्णपाठ



 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *