एनबी बैंक गाभ्न राष्ट्र बैंकद्वारा नबिललाई अन्तिम स्वीकृति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नविल बैंकमा बंगलादेश बैंकलाई गाभ्न अन्तिम स्वीकृति दिएको दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले नविल बैंकलाई एनबी बैंक गाभ्न अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि नविल बैंकसँग गाभिँदा आफू सीईओ हुने सर्तमा हाल एनबी बैंकका सीईओ रहेका ज्ञानेन्द्र ढुंगानाले एनबीका कर्मचारीको पद एक तह घटुवा गर्ने गरी सहमति गरेको भन्दै एनबीका कर्मचारीले राष्ट्र बैंकमा उजुरी गरेका थिए । त्यसयता कुनै कर्मचारकिो पद घटुवा नहुने र सेवा सुविधा पनि नघट्ने गरी गाभ्न गाभिन राष्ट्र बैंकले आग्रह गर्दै अन्तिम स्वीकृति दिन रोकेको थियो ।

अन्तिम स्वीकृति पाएपछि अब कम्पनी रष्ट्रिार कार्यालयको स्वीकृति लिएर दुबै बैंकले एकीकृत कारोबार गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ ।

नबिल बैंकमा गाभिँदा एनबी बैंकको प्रतिकित्ता सेयरको मूल्य १०० बाट घटेर ४३ रुपैयाँ मात्र हुने र नविलको सेयरको मूल्य १०० को १०० नै कायम हुने गरी सेयर आदानप्रदा (स्वाप) अनुपात कायम गरिएको छ ।

एनबी बैंक नविलमा मर्ज भए पनि बैंकको सीईओ ज्ञानेन्द्र ढुंगाना हुने सहमति यसअघि नै भइसकेको छ । दुई बैंक गाभिएपछि यी बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *