नेप्से ४१ अंकले बढ्यो

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से ४१.३९ अंकले बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । यस दिन १ अर्ब ४३ करोड १४ लाख ६ सय ४० रुपैयाँमा ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर बारोबार भएको छ ।

यस दिन १८१ कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन आँधिखोला लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, सप्तकोसी डेभलपमेन्ट बैंक, ग्रिन भेन्चर्स लिमिटेड लगायत कम्पनीको मूल्य सबैभन्दा बढी अंकले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *