ठेकेदारका कारण रासायनिक मलकाे अभाव भयाे : मन्त्री यादव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले ठेकेदारका कारण देशमा रासायनिक मलको अभाव भएको बताएका छन् । १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा बुधबार आयोजना रोपाईँ कार्यक्रममा उनले मल अभाव हुनुमा ठेकेदार दोषी भएको आरोप लगाएका हुन् ।

उनले नेपालमा मल ल्याउने प्रणाली नै गलत भएको भन्दै अब निजी क्षेत्रलाई मल ल्याउने ठेक्का दिन कि नदिने भन्ने विषयमा पुनःविचार गर्नुपर्ने बताए ।

मल ल्याउने ठेक्का पाएका ठेकेदारले समयमा मल नल्याइदिएका कारण मलको अभाव भएको उनले बताए । त्यस्तै, अन्तराष्ट्रिय बजारमा मलको मूल्इ बढेको कारणले समेत मल अभाव हुन गएको उनले बताए ।

भारतले १५ हजार मेट्रिक टन मल दिने भनेको समेत उनले बताए । अहिले डिएपी मल नेपाललाई पुग्ने गरी उपलब्ध भएको र युरिया भने अभाव रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *