यायाेख्खाले सम्पन्न गर्याे २० दिने साकेला सिली प्रशिक्षण (तस्बिरहरू)

काठमाडाैँ । किराँत राई यायाेख्खा केन्द्रीय कार्यसमिति, काठमाडाैँ नेपालकाे आयाेजनामा २० दिने साकेला सिलीमाेपा/सिलीमाेमा प्रशिक्षण सम्पन्न भएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतकाे नेपाल पर्यटन बाेर्डकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे यायाेख्खाका केन्द्रीय सदस्य खुक्सङ खम्बु राईले जानकारी दिए । कार्यक्रमबाट किराँत समुदायबाट प्रतिनिधित्व गर्ने सबै राईहरूले प्रशिक्षण लिएका छन् । यायाेख्खा मुख्यालय काेटेश्वरमा सम्पन्न प्रशिक्षणका क्रममा सिली प्रोफाईलसमेत निर्माण गरिएकाे छ ।
किराँत राईहरूकाे मौलिक संस्कृतिलाई प्रवर्द्धन र विकास गर्दै त्यसकाे पुर्ख्यौली मौलिकतालाई कसरी बचाइराख्ने भन्ने सन्दर्भमा साकेला सिलीकाे माैलिक र सैद्धान्तिक ज्ञानसमेत बाँडिएकाे यायाेख्याका केन्द्रीय अध्यक्ष दिवस राईले बताए । ‘यसकाे व्यवहारिक प्रस्तुति, सिलीकाे अर्थ, सिलीकाे प्रकार र यसकाे सामाजिक, सांस्कृतिक, पर्यवरण र मानव लोकजीवनसँगकाे यसकाे सम्बन्धबारे विज्ञहरूबाट प्रशिक्षण दिइएकाे हाे,’ अध्यक्ष राईले भनेका छन् ।
यायाेख्खाले किराँत समुदायकाे रीति-रिवाज, संस्कार-संस्कृति तथा सभ्यतालाई उजागर गर्ने विभिन्न कामहरू गर्दै आएकाे छ । कार्यक्रममा सयभन्दा बढी सहभागीहरू थिए । उनीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएकाे छ ।









