बालुवाटारमा आगलागी

काठमाडाैँ । काठमाडौँको बालुवाटारस्थित एक भवनमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार कार्यालयको भवनमा आगलागी भएको हो ।

अहिले दमकलको सहायताले निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आज बिहान करिब ६ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =