यी २० जिल्लामा ठूलो वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभरका धेरै स्थानमा वर्षा भइरहेको छ । आज देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार गएराती देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । ठूलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टामा कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास धेरै स्थानमा ठुलो वर्षा भएको महाशाखा तथ्याङ्क छ ।

थप वर्षा हुने भएकाले ती जिल्लामा बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *