पोखरामा ६ वटै महानगरका मेयरहरूको भेला हुने

पोखरा । पोखरामा देशका ६ वटै महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत भेला हुने भएका छन् ।

साउनको पहिलो साता मेयर सम्मेलन आयोजना गर्न लागिएको हो । मंगलबार पोखराका मेयर धनराज आचार्य र काठमाडौँका मेयर बालेन्द्र शाहबीच भेटघाट गर्दै मेयर सम्मेलन गर्ने सहमति गरेका हुन् । ४ वटा महानगरका प्रमुखले भेलामा सहभागी हुने बताइसकेको आचार्यले बताए ।

उक्त भेलामा प्रदेश सरकार र केन्द्र सरकारसंगको सम्बन्ध महानगरपालिका प्रमुखहरु बीच अनुभव आदानप्रदान र विविध योजनाका विषयमा छलफल हुनेछन् । ‘हामीले साउनको पहिलो हप्ता पोखरामा ६ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला आयोजना गरेका छौँ,’ उनले भने, ‘मिति ठ्याक्कै तय भएको छैन । तर, साउन पहिलो साता गर्ने योजनामा छौँ ।’

आचार्यले मंगलबार काठमाडौँका मेयर शाहलाई पनि निम्तो दिएका छन् । भेलाले विकास निर्माण लगायत संघ र प्रदेश सरकारसंगको सम्बन्धलाई थप विस्तार गर्न र अधिकारको प्रत्यायोजनमा दबाब दिन सहयोग गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *