तनहुँमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

पोखरा । तनहुँमा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीका लागि छुटेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गुडिरहेको ग ३ च ४१८२ नं को बोलेरोले ठक्कर दिएको हो । दुर्घटनामा पहिचान नखुलेका मोटरसाइकल चालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार एकजना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि पोखरास्थित मनिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *