इसेवाबाट मनकामना केबलकारको टिकट लिँदा हिराको हारसहित थुप्रै पुरस्कार पाइने

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना ल्याएको छ ।

यस योजना अन्ततर्गत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टीभी र एक जनाले वासिङ्ग मेसिन जित्न सकिने कम्पनीले जनाएको छ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा बिजेता ४ जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित) भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्न इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *