सेयर बजार झण्डै १२ अंकले घट्यो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा ओर्लिएको छ । यस दिन १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५ सय २२ रुपैयाँमा ३० लाख ३७ हजार ६ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

यस दिन १४६ कम्पनीको सेयर मूल्य घटेको छ । ३७ कम्पनीको मूल्य बढेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन सीवाईसी लघुवित्त, उन्नती सहकार्य लघुवित्त, कृषि विकास बैंक, एसिएन लाइफलगायत कम्पनीको सयर मूल्य सबैभन्दा बढीले बढेको छ ।

यस दिन बैंकिङ र जीवनबीमा बाहेक अरु सबै समूहगत उपसूचकहरु ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *