एक बोत्तल पानीको मूल्य ५० रुपैयाँ, अनुगमन समितिले माग्यो स्पष्टीकरण

पोखरा । पोखराका केही रेष्टुरेण्टले बोत्तलको पानी महंगोमा बेच्ने गरेका छन् ।

स्टार होटलदेखि रेष्टुरेण्ट समेतले निकै महंगो मूल्यमा पानी बेचेको गुनासो बढेपछि संयुक्त बजार अनुगमन समिति गण्डकी प्रदेशले अनुगमन गरेको छ । पोखराको न्यूरोडस्थित पेपे रेष्टुरेण्टसँग समितिले स्पष्टीकरण मागेको छ । उक्त रेष्टुरेण्टले एक बोत्तल पानी ५० रुपैयाँमा बेच्ने गरेको उपभोक्ताले गुनासो गरेपछि स्पष्टीकरण सोधिएको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।

सोधिएको तीन दिनभित्र स्पष्टीकरण नदिए आवश्यक कारबाही अघि बढ्ने अध्यक्ष कोइरालाको भनाइ छ ।

यस्तै, जिरो किमीका २ फर्ममा पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा हाम्रो सम्झाना सपिङ सेन्टरमा कागजपत्र अपडेट नगरेको र मागेका कागजपत्र उपलब्ध गराउन नसकेको भन्दै ५० हजार जरिवानासमेत गरिएको छ । कोइरालाका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ बमोजिम सेन्टरलाई जरिवाना गरिएको हो ।

यसैगरी, कृष्ण पार्वती स्टोर्समा बिल बिजक अपडेट नपाइएपछि जरिवाना गरिएको छ । उक्त स्टोर्सलाई २० हजार जरिवाना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *