जसपाले पनि मन्त्री फिर्ता बोलाउने, मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले पनि सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार अबेर बसेको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षबिना बसेको बैठकले सबै मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।

नयाँ मन्त्री छान्ने जिम्मा संसदीय दलका नेता उपेन्द्र यादवलाई दिइएको छ । जसपाका आधा दर्जन नेताहरूले २०७८/०६/२२ गते पठाइएका मन्त्रीहरू ६ महिनाका लागि मात्रै पठाएको बताउँदै उनीहरूलाई फिर्ता बोलाउन मग गरिरहेका थिए । यसअघि अर्को सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले असोज २२ मा पठाएको मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाइसकेको छ ।

यसअघि सोमबार अध्यक्ष यादवले सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका थिए । भेटमा उनले आफूहरूको मन्त्री फेर्न सघाउन भनेका थिए । प्रचण्डले निर्णय गरेर आउनू भनेपछि यादवले पार्टीमा निर्णय गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =