लेदो झरेर अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी खुल्यो

चितवन । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर-२९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

लेदो हटाएर बिहान ५ः१० बजे दुईतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ः१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६ः३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *