मनपरी शुल्क असुल्ने ख्रीष्टियन मिशन स्कुल लिभिङ स्टोन एकेडेमीको अनुगमन गर्दै महानगर

काठमाडौँ । ललितपुर महानगरपालिकाले ख्रीष्टियन मिशन स्कुल लिभिङ स्टोन एकेडेमीको अनुगमन गर्ने भएको छ । एकेडेमीले मनपरी शुल्क असुलेको पाइएपछि महानगरको शिक्षा महाशाखाले अनुगमन गर्ने भएको हो ।

स्कुलका विषयमा उठेका प्रश्नहरूको अनुगमन गर्ने शिक्षा महाशाखाका अधिकृत महेन्द्र शाहीले बताए । ‘मनपरी शुल्क असुलेकोबारे ललितपुर महानगर शिक्षा महाशाखाको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘१/२ दिनभित्र शाखाको टोलीले स्कुलका विषयमा उठेका प्रश्नहरूको अनुगमन गर्नेछ ।’

यता स्कुल प्रशासन भने स्कुलका विषयमा उठेका प्रश्नहरूलाई त्यति गम्भीरतापूर्वक लिएको छैन । प्रिन्सिपल प्रणय कुमार गुरुङसँग बुझ्दा स्कुलको शुल्कबारे कार्यालयमा आएर जानकारी लिन सुझाए । स्कुल बोर्डका अध्यक्ष मणी कोइरालासँग फोन सम्पर्क गर्दा आफूलाई स्कुलको शुल्कबारे केही पनि जानकारी नभएको बताए । आफूलाई बोर्डमा बसिदिन मात्र भनेकोले अन्य कुराहरु थाहा नभएको भन्दै उनी पन्छिए ।

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङले नेपालमा विदेशी ख्रीष्टियन मिशनरीले शिक्षामा व्यापार गरेको देख्दा आफूलाई निकै दुःख लागेको बताए । ‘मिशनरी भनेको सेवा गर्ने हो व्यापार गर्ने हैन,’ उनले भने ।

यो पनि : मनपरी शुल्क असुल्दै ख्रीष्टियन स्कुल लिभिङ स्टोन एकेडेमी

मनपरी शुल्क असुलीको समाचारसँगै स्कुलका एकपछि अर्को रहस्य खुल्दै गएको छ । स्कुल प्रशासनले केही दिन अघिमात्रै अध्यापन गराइरहेका विज्ञान शिक्षक ज्ञान नारायण श्रेष्ठलाई बिनाकारण कुनै सूचना बिना हटाएको पाइएको छ । ‘आफूलाई अध्यापन गरुन्जेल कुनै नियुक्ति पत्र पनि नदिएको अहिले आएर निकालिएको सूचना प्राप्त भयो अचम्मित भएको छु,’ श्रेष्ठले भने, १म मात्र हैन अरू शिक्षकको हालत पनि उस्तै छ ।’

कोरियन ख्रीष्टियन मिशनरीहरुद्वारा सञ्चालित लिभिङ स्टोन एकेडेमी गुठी अन्तरगत दर्ता भएको छ । ललितपुर महानगरपालिका ४ मा रहेको स्कुल सञ्चालक समितिमा वडा अध्यक्ष स्कुलको पदेन सदस्य हुने व्यवस्था भएसँगै स्कुल सञ्चालन गर्न बोर्डको गठन गरेको छ । यसो हुँदापनि र्बोडका सदस्यलाई कुनै जानकारी पनि नदिई कोरियन मिशनरीले बोर्डको निर्णयलाई समेत हस्तक्षेप गरी मनलाग्दी निर्णय गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *