पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
२०७९ असार १३ गते

फाइल फाेटाे
पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पोखरा १३ गौंडाको मुखमा ग ११ प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री लमजुङ दुधपोखरी घर भएकी ५३ वर्षीया जुनाकुमारी गुरुङको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दैगर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको बताइएको छ ।
२०७९ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








