कैलालीमा दिउँसै कारसहित लुटिए कर्मचारी, हातखुट्टा बाँधेर कुटपिट गरेको अवस्थामा फेला

धनगढी । कैलालीमा दिउँसै एक कर्मचारी लुटपाट गरि हात खुट्टा बाधिएको अवस्थामा जंगलमा फेला परेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ सामादैजी घर भई डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत ३७ बर्षीय लोकेन्द्र भण्डारी कैलालीको बुढीतोलामा लुटिएको अवस्थामा फेला परेका हुन् ।

महेन्द्रनगरबाट आएको भारतीय नागरिक तीन जनाको समूहले इन्धन हालिदिने भन्दै लिफ्ट मागेको र बीच बाटोमा आएपछि आफूलाई कुटपिट गरि लुटपाट गरेर कारसहित फरार भएको उनले बताएका छन् । उनका अनुसार प्रदेश ३- ०१- २३ च ८७२१ नं को सिल्भर कलरको कारसहित एटीएम पैसा लगायतका सबै जिन्सी तथा नगद समान लुटिएका छन् ।

अज्ञात समूहले उनलाई हात, खुट्टा, मुख बाँधेर निर्घात् कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जनाएका छन् । उनी हात खुट्टा बाँधिएको अवस्थामा कैलालीको गोदावरी नगरपालिका वडा नं ४ बुढीतोलास्थित राजमार्गबाट अन्दाजी ५०० मिटर तल झाडीमा फेला परेको जोशीले बताए ।

पीडितका अनुसार अज्ञात समूहले उनलाई इन्धन हालिदिन्छु भन्दै खानीडाँडासम्मका लगी लिफ्ट मागेको र पछि फोटो खिच्ने बहानामा गाडी रोकी लुटपाट गरेको हो । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

पीडितको उद्धार गरी उपचारका लागि अत्तरिया पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *