दाङका थारु नेता मेटमणि चौधरीको छलाङ, अनेरास्ववियुदेखि मन्त्रीसम्मको यात्रा

काठमाडौँ । मेटमणि चौधरीले भोलि बिहान शहरी विकास मन्त्रीको सपथ लिने पक्कापक्की भएको छ ।

नेकपा एकीकृत समाजवादीले शहरी विकास मन्त्रीमा उनको नाम यसअघि नै सार्वजनिक गरिसकेको थियो । लामो रस्साकस्सीपछि अन्ततः उनले भोलि शहरी विकास मन्त्रालयको जिम्मेवारी लिने भएका छन् । २०२९ साल चैत १० गते दाङको गढवामा जन्मिएका हुन् मेटमणि चौधरीले विद्यार्थी कालदेखि नै राजनीति आरम्भ गरेका हुन् ।

पिता भगवतीप्रसाद चौधरी र माता शिव रात्रिदेवी चौधरीको कोखबाट जन्मिएका मेटमणि अनेरास्ववियुको प्रारम्भिक कमिटीमा बसेर कम्युनिष्ट आन्दोलनको अगुवा गर्ने नेता हुन् । उनका बुबा पनि राजनीतिज्ञ भएका कारण राजनीतिप्रति उनले चासो दिएका थिए । उनको परिवार नै राजनीतिमा सक्रिय छन् । मेटमणिको वुबा २०५१ सालमा सांसदमा उठेका थिए । उनको राजनीति यात्रा २०४६ सालपछि मात्रै शुरू भएको हो ।

मेटमणि दाङ देउखुरीका हुन् । अनेरास्ववियुको विभिन्न संगठन हुँदै सांसदसम्म बनेका मेटमणि चौधरी सहरी विकास मन्त्री बनेका छन् । भोलि नै उनले सहरी विकास मन्त्रालयको जिम्मेवारी लिँदैछन् । मेटमणि एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य थिए । एमालेबाट फुटेर माधवकुमार नेपालले एककिृत समाजवादी पार्टी गठन गरेपछि मेटमणि केपी ओलीको कटु आलोचक हुँदै एकीकृत समाजवादीतर्फ लागेका हुन् ।

२०७४ सालमा दाङ जिल्लाको क्षेत्र नं १ बाट निर्वाचित चौधरी हाल एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यसँगै लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *