एमालेद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध, बजेट पुस्तिका फिर्ता
मकालु खबर
२०७९ असार १२ गते
मकवानपुर । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको बजेटप्रति विरोध जनाउँदै नेकपा एमालेले आइतबार बसेको बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
एमालेको अवरोधपश्चात प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएका छन् । प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको र यसबाट प्रदेशको समृद्धि हुन नसक्ने भन्दै एमालेले बजेट पुस्तिकासमेत फिर्ता गरेका छन् । एमालेका सांसदहरूले आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् ।
अघिल्लो सरकारले ल्याएका सबै बृहत योजनाहरू कटौती गरेको र चुनावलक्षित कार्यक्रमहरू समावेश गरी बजेट ल्याइएको एमालेको आरोप छ ।
मकालु खबर
२०७९ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित