सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी बैंकको सेञ्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो खाता न्यूनतम रु. १ लाख रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *