कांग्रेसपछि लागेर कम्युनिष्टले भोट ल्याएको हो : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको पछि लागेर कम्युनिष्टले भोट ल्याएको बताएका छन् ।

कांग्रेस सुर्खेतले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा काँग्रेसको पछि लागेर कम्युनिष्टले भोट ल्याएको बताएका हुन् ।

खड्काले भने, ‘हामीसँग निकटतम प्रतिस्पर्धा गर्ने एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन । कांग्रेसभन्दा बढी लोकतन्त्रवादी छौँ, समाजवादी छौँ भनेर उहाँहरूले भन्न सक्नुभएको छैन । कांग्रेसको लोकतन्त्र, समाजवादलाई नै भोट माग्ने आधार कम्युनिष्टले बनाइरहेका छन् ।’

उपसभापति खड्काले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा काँग्रेसको बहुमत आउने र बहुमत आउनबाट रोक्ने ताकत कसैसँग नभएको दाबीसमेत गरे ।

उनले भने, ‘हामीले आउने संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउँछौं । हामीलाई बहुमत ल्याउनबाट रोक्ने ताकत अरु कुनै पनि दलमा छैन’, उपसभापति खड्काले भने, ‘रोकिने हो भने हाम्रै कारणले रोकिने हो । हामीले राम्रो काम गर्न नसकेर रोकिने हो । हाम्रा जनप्रतिनिधिले जनताको सेवा गर्न चुकेर रोकिने हो ।’

यस्तै, खड्काले कांग्रेस जनप्रतिनिधिहरूलाई मतदाता, कार्यकर्ता, पार्टीका नेताहरूको योगदानलाई नभुल्न सचेत गराए । साथै, खड्काले यदि यो योगदान भुलेर अघि बढे धनको, परिवारको, नातागोताको स्वार्थ प्रवेश गर्न हुँदा व्याक्तिको राजनीति बिग्रने मात्रै नभएर कांग्रेसको समेत राजनीति बिग्रिने बताए ।

जनप्रतिनिधिहरुको जीवनशैली, बोली व्यवहार, योजना कार्यान्वयनको वातावरणले चुनावमा धेरै प्रभाव पार्ने खड्काको भनाइ छ ।

यस्तै, खड्काले वीरेन्द्रनगर नगरपालिकाको स्थानीय तहको निर्वाचन २०७९ लाई जोड् दिँदै इतिहासलाई लत्याउँदै काग्रेसको निर्णयको विरुद्धमा चुनाव चिह्न रूख र चारतारे झण्डाको विरुद्धमा सूर्य र हलोलाई वा अर्को पार्टीको निर्णयभन्दा बाहिरको पार्टीका उम्मेदवारलाई भोट हालेको आधार प्रमाणलाई पुष्टि भएको बताए ।

खड्काले टिकट नपाएका कारण पार्टीमा अन्तरघात गर्ने, विभिन्न बहानामा पार्टीको निर्णयलाई छोडेर अन्त मतदान गर्नु र गर्न लगाउनुलाई उचित मान्न सकिन्छ ? शेरबहादुर देउवासँग भएको गल्ती र विमतिको जवाफ सूर्य चिह्नमा भोट हालेर आउँछ ? भन्दै प्रश्न गरे ।

यस्तै, खड्काले वीरेन्द्रनगरमा कांग्रेसभित्रैको गुट-उपगुटका कारण पराजियत भएको विषयलाई लिएर प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *