सेयर बजारमा छायो हरियाली, ९५ अंकले नेप्से बढ्दा सबै सूचक हरिया

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ ।

यस दिन ९४.९२ अंकले सेयर बजार नेप्से परिसूचक बढेर १९५६.९८ बिन्दुमा आइपुगेको छ। यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १७.९३ अंकले बढेर ३८२.८४ अंकमा पुगेको छ ।

यस दिन कारोबार रकम समेत दोब्बरले बढेको छ । यस दिन २ अर्ब १९ करोड ६१ लख ४१ ह्जार ८ सय ४८ रुपैयाँमा ६३ लाख ६३ हजार ५ सय ९० कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबारमा आएका सबै कम्पनी अर्थात १९४ ओटै कम्पनीको मूल्य बढेको छ । धेरैजसो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस दिन सबै समूहगत उपसूचकहरु समेत हरिया भएका छन् ।

पुँजी बजार सुधार संघर्ष समिति र नियामक निकाय धितोपत्र बोर्डबीच लगानीकर्ताको माग सम्बोधन गर्ने सहमति भएपछि त्यसको मनोवैज्ञानिक असरका कारण बजारमा सुधार देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *